तस्बिर : क्यान
काठमाडौं : आज नेपाल युएईविरूद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप छनौटका लागि जीवन-मरणको म्याच खेल्दैछ। आइसीसी विश्वकप लिग– २ अन्तर्गत छनौट चरणको यो अन्तिम खेल जिते नेपाल विश्वकपका लागि छनौट चरणमा हुनेछ भने हारे अर्को चार वर्ष पर्खनुपर्ने छ।
नेपाल ६ देश सम्मिलित लिग– २ मा अहिले अंकतालिकामा ३८ अंकसहित चौथो स्थानमा छ। आजको खेल जित्दा ३९ अंकका साथ तेस्रो स्थानमा रहेको नामिवियालाई पछि पार्दै नेपालले छनौट चरण पार गर्ने हो। यस लिगबाट स्कटल्याण्ट ५० र ओमन ४४ अंकसहित विश्वकपमा छानिसकिएका छन्।
जारी सिरिजमा नेपालले १८ मा जित र १५ मा हार व्यहाेरेकाे छ भने नामिवियाले र नामिवियाले १९ मा जित र १६ मा हार व्यहाेरेकाे छ।
खेलमा सामान्यत: जीत वा हार हुने भए पनि बराबर हुने र वर्षाका कारण रद्द हुन सक्ने सम्भावना पनि हुन सक्छन्। तर, जीत बाहेक अन्य कुनै परिणामले नेपाललाई विश्वकपमा पुर्याउन सक्ने छैन।
त्यसैले आजको म्याच के होला ? घरदेशदेखि परदेशसम्म रहेका सारा नेपालीका लागि समान चासोको प्रश्न भएको छ। यतिबेला उनीहरू नेपालको जीतको कामना गर्दै नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन्।
आइसीसी विश्वकप क्रिकेट लिग– २ काे त्रिकोणत्मक सिरिको अन्तिम खेलमा युएई टस जितेर पहिले ब्याटिङ राेजेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ।