Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाईघाट मिल्स गोल्डकपको सेमिफाइनलमा



विराटनगर : गाईघाट फुटबल क्लब उदयपुर मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी तेस्रो संस्करणको गोल्डकपको क्वाटरफाइनल खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदैै गाईघाट सेमिफाइनमा प्रवेश गरेको हो ।

विराटनगर जुटमिलको खेलमैदानमा भएको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

टाईब्रेकरमा गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिष कटुवालले गोल गर्दा वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरे । वीरगन्जका कृपा चौधरी र श्याम चौधरीले गरेको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ्ग शेर्पाले बचाएर टिमलाई सेमिफाइनमा पुर्याउन मद्धत गरे । टाईब्रेकरमा दुई गोल बचाएका गाईघाटका गोलकिपर शेर्पा खेलको म्यान अफ द म्याच घोषित भए ।

अब फाइनल प्रवेशका लागि गाईघाटले साविक बिजेता प्रतिभा फुटबल क्लब सिराहासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार