विराटनगर : पछिल्लो समयका चर्चित हास्यकलाकार सुमन कार्की सम्मानित भएका छन् । विराटनगर जेसीजको जेसीज सप्ताहका अवसरमा आइतबार कार्कीलाई सम्मान गरिएको हो ।
हास्य जगतका माध्यमबाट सचेतना जोगाउने काम र मोरङ जिल्लालाई विश्वभर चिनाउन योगदान गरेको भन्दै उनलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
कार्कीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले खादा ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
उदयमान युवा सुमन कार्कीलाई सम्मान गरेकोमा मुख्यमन्त्री कार्कीले मा खुसी व्यक्त गर्दै सम्मानले उत्प्रेरणा जाग्ने बताए । सुमनको प्रस्तुति आफूले निरन्तर हेर्दै आएको र कोशी प्रदेशको गहनाका रुपमा कलाकारहरु रहेको उनले बताए ।