Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोर्डनयरा र इडनबर्ग जिल्लास्तरीय भलिबलको फाइनलमा



विराटनगर : मोर्डनयरा र इडनबर्ग कलेज विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार पुष्पलालचौकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विराट मल्टिपल कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै युनिभ मोर्डनयरा कलेज फाइनलमा प्रवेश गरेको हो । मोर्डनयराले २५–११, २५–९ र २५–८ को सेटमा विराटलाई पराजित गरेको थियो ।

यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा सोम्स कलेजमाथि ३–० को जित निकाल्दै इडनबर्ग फाइनलमा प्रवेश गरेको छ । इडनबर्गले सोम्सलाई २५–२०, २५–१९ र २५–२२ को सेटमा पराजित गरेको हो ।

त्यसअघि भएको दोस्रो क्वाटरफाइन खेलमा सास्तम कलेजलाई २–० को सेटमा पराजित गर्दै सोम्स कलेज सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि बिहान हुने खेल संयोजक नवराज नेपालले जानकारी दिए ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार र उपविजेताले २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपालले जानकारी दिए । उनका अनुसार विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार