विराटनगर : इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ ।
झापाको दमकमा फागुन २० र २१ गते अडिसन हुने जनाइएको छ । इट्टभट्टा स्थित सरस्वती मध्यमिक विद्यालयमा हुने अडिसनमा सहभागी हुनेले कम्तीमा १८ वर्ष पुगेको उमेर खुल्ने परिचय पत्र लिएर आउनुपर्नेछ ।
फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने ‘डान्स यूनिभर्स’को साँस्कृतिक समुह विधाको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत्सहभागिताको अपेक्षा राखेको छ।