Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एन्फा मोरङलाई हराउदै क्यामरुन फाइनलमा, उपाधिका लागि शनिबार झापासँग भिड्ने



धरान । एन्फा मोरङलाई पराजित गर्र्दे क्यामरुनको एभेनियर फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
धरान रङ्गशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर उपाधि नजिक पुगेको हो ।
एभिनियरको जितमा खेलको ४५ औ मिनेटमा डिम्बाले १ गोल गरे । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पाएको थियो । मोरङका सुजन चौधरीले ८५ औ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
बिहिबारको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए । एभिनियरले उपाधिका लागि शनिवार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार