धरान । बुढासुब्बा गोल्डकप फुटबल २३ औँ संस्करण शनिबारदेखि सुरू भएकाे छ । शनिबार भएकाे उद्घाटन खेलबाट आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।
शनिवार भएको पहिलाे खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब क्वाटर फाइनल खेलबाटै बाहिरिएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
भोलि आइतबारको दोस्रो क्वाटर फाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुनेछ ।