Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकपको तयारी तीव्र, २ करोड ५० लाख खर्च लाग्ने



विराटनगर : पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता विराट गोल्डकप आगामी चैत ९ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि आयोजकले गोल्डकपको तयारी तीव्र पारेको छ । विराटनगरको शहीद रंगशालामा चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने गोल्डकपका लागि रंगशाला मर्मतको काम भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका सहसंयोजक शुभशिष कोइरालाका अनुसार सबै खेलहरु रात्रिकालीन हुनेछन् । त्यसका लागि मैदानको सबलीकरण भइरहेको कोइरालाले बताए ।

प्रतियोगितामा नेपालका सहति विदेशी टिमको पनि सहभागितामा आयोजकले जनाएको छ । तर, हालसम्म कुन–कुन टिमले सहभागिता जनाउने भन्ने अन्तिम नाम प्रकाशन भइसकेको छैन् ।

अघिल्ला संस्करणभन्दा यसपटक भिन्न तरिकाले आयोजना गरिएको आयोजकले बताएको छ । यसपटक विद्यालयका युवा विद्यार्थीहरूलाई विराट गोल्डकपको इतिहासको जानकारी दिने उद्देश्य राखिएको छ । आयोजकका अनुसार प्रतियोगितामा २ करोड ५० लाख खर्च लाग्ने अनुमान छ ।

यसअघि आयोजकले चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग आयोजना गर्ने भएपछि विराट गोल्डकपको मिति सरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार