Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साफ यू-२० महिला च्याम्पियनसिपकाे पहिलो खेलमा नेपाल बंगलादेशससँग पराजित



काठमाडौं । बंगलादेशमा शुक्रबारदेखि सुरु साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।
खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्‍यो । २४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याइन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्‍यो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार