Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फिक्सिङको आरोपमा नेपाली क्रिकेटर आलम र अन्सारी पक्राउ



विराटनगर : स्पट फिक्सिङ गरेको आरोपमा नेपालका दुई क्रिकेटर पक्राउ परेका छन् । नेपाल टी ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ गरेको आरोपमा राष्ट्रिय टिमका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ ।

सीआईबीको स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ । प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो । यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को टोलीले समेत अनुसन्धान गरेको थियो । यो विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद्ले पनि समिति गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार