Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता चयन



काठमाडौ : नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन्।

सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हाे।

संसदीय दलको उपनेतामा भने उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन्। त्यस्तैगरी प्रमुख सचेतकमा प्रकाश ज्वालालाई चयन गरिएकाे छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको छ। तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन।

प्रतिक्रिया
सम्बन्धित समाचार