Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्पेनका कप्तान बुस्केट्सले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



विराटनगर : विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका ३४ वर्षीय मिडफिल्डर यस वर्ष अन्तिम १६ मा नकआउट भएका टोलीका कप्तान थिए।

‘लगभग १५ वर्ष १४३ खेलपछि राष्ट्रिय टोलीलाई बिदाइ गर्ने समय आएको छ’, बुस्केट्सले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु र यसलाई माथि उठाउन मद्दत गर्नु मेरो लागि सम्मानको कुरा हो ।’

सन् २००९ मा टर्कीसँग २-१ को जितमा डेब्यु गरेपछि बुस्केट्सले राष्ट्रिय टोलीका लागि १४३ खेल खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार