विराटनगर : शनिबारको क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरिएको छ ।
सन् २०१४ मा प्रशिक्षकको भूमिकामा नियुक्त भएका सान्तोसले २०१६ मा युरोपियन च्याम्पियनसिप र तीन वर्षपछि उद्घाटन नेसन्स लिग जितेर राष्ट्रलाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय सफलता दिलाएका थिए। उनले पोर्चुगलका प्रशिक्षकबाट सबैभन्दा धेरै जित हात पारेका छन् ।
पोर्चुगिज फुटबल संघ (एफपीएफ)ले ‘नयाँ साइकल सुरु गर्ने उपयुक्त समय’ बताएको छ। सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता बाँकी रहे पनि सान्तोसले आपसी समझदारीमा पद छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
‘सान्तोस जस्ता प्रशिक्षकले राष्ट्रिय टिमको नेतृत्व गर्नु सौभाग्य भएको’ बताउँदै एफपीएफले सान्तोस उनको टिमलाई धन्यवादसमेत दिएको छ।