Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपतिलाई आज मतपरिणाम प्रतिवेदन बुझाउँदै आयोग



विराटनगर । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ।आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाइने बताए।

निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने व्यवस्था छ। तर आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको भोलिपल्ट नै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन लागेको हो। आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ।साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार