विराटनगर : आजबाट कतार फिफा विश्वकप २०२२ का क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेल पौने ९ बजे क्रौएसिया र ब्राजिलबीच हुनेछ ।
क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् ।