Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसद सचिवालयलाई सर्वोच्चको जवाफी पत्र : महाअभियोग निष्क्रियबारे प्रश्नैप्रश्न



काठमाडौं । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश राणालाई ‘क्लिनचिट’ सहितको पत्र थमाएपछि सर्वोच्च अदालतले त्यसको जवाफ मागेको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराको महाभियोग निष्प्रभाव भएको पत्र दिएपछि त्यसको जवाफ माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई कुन कानून संविधानको आधारमा महाभियोग निष्प्रभावी भएको भन्दै प्रश्न गरेका हुन् ।
उनले संसद सचिवालाई काटेको पत्रमा भनिएकोे छ, ‘महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन रु नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो रु उक्त महाभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराईदिनुहुन मिति २०७९–८–२१ को पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु ।’ नेपालप्रेसबाट

प्रतिक्रिया
सम्बन्धित समाचार