Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी-३मा भगवती चौधरीसँग निरन्तर पछि परिरहेका छन् विजय गच्छदार



विराटनगर । सुनसरी क्षेत्र नम्बर ३मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्।

उनी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ३०७ मतले अगाडि छिन्। गच्छदार निरन्तर पछि परिरहेका छन्।

निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार भगवतीले अहिलेसम्म २७ हजार ९७१ मत पाएकी छन्। उनका प्रतिस्पर्धी गच्छदारले २३ हजार ६६४ मत पाएका छन्।

इटहरीका १० वटा वडा, इनरुवा ७ दुहबीका १२ वटै वडा, गढी १,२ वडाको मतगणना सकिएको छ ।  बर्जु १–६ र गढी ३,४,५ र ६ वडाको मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार