विराटनगर । सुनसरीको २ (२)को प्रदेश सभामा नेकपा एमालेका रामप्रसाद मेहता निर्वाचित भएका छन् ।
उनले १८ हजार २ सय ९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजिव कोइरालाले १७ हजार ६ सय ४३ मत प्राप्त गरे ।
मेहता लामोसमयदेखि सुनसरी मोरङ सिचाई आयोजना नहरको अध्यक्ष भएका कार्य गरिसकेका छन् । २०७४ सालको प्रदेश सभामा उनले कोइरालासँग हारको बदला यसपटक लिएका छन् ।