विराटनगर । सुनसरीका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। पछिल्लो मत अपडेट अनुसार सुनसरीका निर्वाचन क्षेत्रहरु १, २ र ३ मा स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन्।
सुनसरी- १ मा गोमा तामाङ, सुनसरी- २ मा लालविक्रम थापा र सुनसरी- ३ मा कमल बाबु मैनालीले अग्रता लिएका हुन्।सुनसरी- ४ मा भने कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ। उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन्।
२०७४ को निर्वाचनमा सुनसरी- १ मा एमाले र सुनसरी- २, सुनसरी- ३ र सुनसरी- ४ मा कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए।