Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरीमा गठबन्धनका पक्षमा भोट माग्ने कर्मचारी निस्काशित



विराटनगर । गठबन्धनको पक्षमा मत माग्ने मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रकी एक कर्मचारी निस्काशनमा परेकी छन् ।
मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् । कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको थियो । केहीबेर होहल्ला भएपछि ती कर्मचारीलाई निस्काशन गरिएको छ । दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएपछि वडा अध्यक्ष बिजय लिम्बु र राजनैतिक दलका प्रतिनिधिको आग्रहमा ती कर्मचारीलाई मतदान केन्द्र बाहिर निकालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार