विराटनगर । आसन्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । अघिल्ला निर्वाचनमा भने आयोगले सो समयलाई ‘मौन अवधि’ भन्ने गरेको थियो । यसपटक ‘स्थिर समय’को संज्ञा दिइएको छ ।
निर्वाचन आयोग आयुक्त रामप्रसार भण्डारीका अनुसार आगामी ४ मंसिरको ४८ घण्टाअघिको समय ‘स्थिर’ मानिनेछ । सो समय राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न पाउनेछैनन् ।
विराटनगर । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको छ । ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन, सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ आयुक्त भण्डारीले भने ।
चुनाव प्रचारप्रसारमा रोक
सो समयलाई विगतमा ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ सम्बोधन गर्न उचित हुने आयुक्त भण्डारी बताउँछन् । उनका अनुसार १ मंसिर राति १२ बजेबाट निर्वाचन प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुन्छ । त्यो समय कुनै पनि प्रकारको ‘प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भन्न’ पाइँदैन ।
सो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ आयोगले जनाएको छ ।