विराटनगर । मुख्यमन्त्रीको भूमिका कुशलतापूर्वक पूरा गरिसकेका र संघीय मन्त्रीको जिम्मेवारीमा रहँदा पनि आफ्नो भूमिका सशक्त ढंगले निर्वाह गर्न सक्षम एमालेका प्रभावशाली नेता र संगठक शेरधन राइलाई बौद्धिक व्यत्तिहरुले जित्नुपर्ने बताएका छन् ।
बाह्रखरी मिडियाले अनुमोदन गरेका उमेदवारहरू निर्वाचनमा विजयी हुने संभावना धेरै वा थोरै जे पनि हुनसक्छ । यी उमेदवारहरू विजयी नै हुन्छन् भन्ने ठोकुवा पनि गरेको हैन ।
तर, उल्लेखित व्यक्तिहरू संसद्मा पुग्न योग्य र उपयुक्त छन् र यिनले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रणाली तथा नेपालको संविधान, २०७२ को संरक्षण र सम्बद्र्धनमा उल्लेख्य योगदान गर्न सक्छन् भन्ने निष्कर्ष निकालेका छन् । शेरधन राइसँगै २५ जना नेताको नाम प्रतिनिधि सभामा बाह्रखरीले अनुमोदन गरेका छन् ।
अनुमोदित भएका उमेदवारको अन्तिम नामावली बाह्रखरीको सम्पादकीय समूहको छलफल र अध्ययनबाट तयार गरिएको भए पनि यस कार्यका लागि विभिन्न बुद्धिजीवी, स्वतन्त्र विचारक, लामो समय सरकारी सेवामा रहेका व्यक्ति, नागरिक समाजका सदस्य आदिसँग छलफल र विचार विमर्श गरेका थिए ।