Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यस पटक मलाई जनताले न्याय गर्छन् : चौधरी



इटहरी : एमाले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीले यसपटक जनताले आफूलाई न्याय गर्ने बताएकी छन् ।

इटहरी ६ अनामनगरमा सोमबार आयोजित कोणसभालाई सम्वोधन गर्दै उनले भनिन्, ‘दुई दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाँधली भयो, न्यायका लागि अदालत गएँ, अदालतबाट पनि न्याय पाइन, यसपटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु ।’

तीस वर्षमा पञ्चायती ब्यवस्था हटयो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ वर्षदेखि शासन गरिरहेको जनाउदै उनले जनता परिवर्तनको पक्षमा रहेको बताइनन् । एकै व्यक्ति तीसौ वर्ष शासनमा रहदा त्यसो शासन सामन्ती बन्ने उनको दावी छ ।

सुनसरी ३ मा तीस वर्षदेखि नभएको विकासको काम आफूले पाँच वर्षमै गर्ने चौधरीको दावी छ । उनले इटहरीको वाढी र ढुवानको समस्या समाधान गर्न ब्यवस्थित कार्ययोजनाका साथ अघि वढने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार