Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घिमिरे भन्छन् : ‘विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एमाले प्रतिबद्ध छ’



फाइल तस्बिर

विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ (२) का प्रदेशसभा उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार एमाले प्रदेश १ कमिटीले गरेको प्रदेशस्तरीय चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै घिमिरेले विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

‘विराटनगरलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ’ घिमिरेले भने । उदयपुरमा रहेको सिमेन्टको कच्चा पदार्थको संरक्षण र उपयोग गर्न सकेमात्रै पनि समृद्ध प्रदेश निर्माण गर्न सकिने घिमिरेको भनाई छ । प्रदेश १ लाई जडिबुटीबाट पनि समृद्ध बनाउन सकिने उनले बताए ।

एमालेले प्रदेश सरकारमा ३ वर्ष ८ महिना रहँदा उल्लेख्य काम गरेको बताउँदै उनले भने, ‘भौतिक निर्माण र सामाजिक विकासमा उल्लेख्य काम भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार