विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिएका मुकेश ढकालको आफ्नो चुनाव चिन्ह खाममा मतदान गर्न अपिल गरेका छन् ।
कुनै पार्टीबाट उम्मेदवार बनेर विजयी भएपछि जनताको काममा चासो देखाउने नगरेको भन्दै ढकालले हरेक क्षेत्रमा बेथिति, भ्रस्टाचार, अनैतिकता मौलाइरहेको बताएका छन् ।
देश असफल बन्नेतर्फ उन्मुख भइरहेको र यसको मुल कारण हाल अस्तित्वमा रहेका दल र तिनका नेताको गैरजिम्मेवारपूर्ण नीति , निर्देशन र व्यबहार भएकाले आफूलाई जिताउन उनले अपिल गरेका छन् ।
यस्तो छ ढकालको अपिल :
सुनसरी जिल्ला क्षेत्र (३) निबासी आदरणीय बुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरुमा सादर नमस्कार । यहि मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनमा म सुनसरी सुनसरी जिल्ला दुहबी न. पा.वार्ड न. १० मा बसोबास गर्ने म मुकेश प्रसाद ढकाल स्वतन्त्र उमेदवारको रूपमा चुनाव चिन्ह खाम लिएर तपाईहरुको सामुमा आएको छु। हाम्रो यस क्षेत्रमा विभिन्न दल र आफुलाइ स्वतन्त्र भन्ने तर पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने धेरै महानुभाबहरु हुनुहुन्छ तर म बिल्कुलै कहिकतै कुनै दल सँग सम्बन्धित नभइ स्वतन्त्र उमेदवारको रूपमा उपस्थित भएको छु।
पार्टी र दलको रूपमा उमेदवार बन्ने ,बिजय हुने अनि जनता को काममा सिन्को समेत नभाच्ने परिपाटी हाम्रो क्षेत्रमा मात्र नभएर देश भरी नै रहेको तथा भ्रस्टाचार बाहेक अन्य काम चाहिँ काम नै होइन भन्ने जुन व्यबहार देखाइदैँछ त्यसले समग्र राष्ट्र लाई आघात पुगेको कुरा हजुर हरुलाइ जानकार नै छ तर पनि त्यसलाइ हामीले सहि गर्न सकिरहेका छैनौ कारण हाम्रा प्रतिनिधि र प्रतिनिधि का (मुल ) पार्टीहरु नै दोषी छ्न भन्ने मलाई लागेको छ।आज जहाँ र जुनसुकै क्षेत्रमा पनि बेथिति भ्रस्टाचार अनैतिकता आदि आदि बाहेक हामी केहि पनि देख्न सकिरहेका छैनौ।
यी र यस्तै धेरै कारणहरुले आज देश असफल राष्ट्र हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ र यसको मुल कारण हाल अस्तित्वमा रहेका दल र तिनीहरुको नेताको गैरजिम्मेवार पूर्ण नीति , निर्देशन र व्यबहार नै हो भन्ने प्राप्त आधारहरु छ्न तपाईं हामीले देखी भोगी रहेका छौ। आदरणीय बुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरु मैले माथी नै उल्लेख गरिसके अहिलेको देशका समस्याहरुको बारेमा , त्यसैले म हजुरहरुलाइ यो अनुरोध गर्दछु कि अब तपाई हामीले आफ्नो मत पनि बदलौ र सहि बिचार भएका युवाहरूलाई बिजय गराइ आफू र आफ्नो क्षेत्र लाई बिकाशको लाइनमा जोडौ र बेथिति र भ्रस्टाचार को अन्त्य गरौ।
यिनै कुराहरू लाई मुख्य तथा आधार बनाइ मैले पनि यस सुनसरी जिल्ला क्षेत्र न (३) को प्रतिनिधि सभा सदस्य को लागि उम्मेद्बारी दिएको छु तसर्थ मेरो चुनाव चिन्ह खाम मा छाप लगाइ आफ्नो अमुल्य मत दिई बिजय गराइदिनु हुन अनुरोध गर्दछु।
मुकेश प्र.ढकाल
स्वतन्त्र उमेदवार प्रतिनिधि सभा सदस्य
सुनसरी क्षेत्र न. ३