Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलायती प्रधानमन्त्री लिजले दिइन् राजीनामा



लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार सम्हालेको डेढ महिना नबित्दै राजीनामाको घोषणा गरेकी छन्।

उनले बिहीबार एक सम्बोधनका क्रममा आफूले जिम्मेवारी पूरा गर्न नसकेकाले राजीनामा दिएकाे बताइन्।

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस बेलायती इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्। उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार