पथरी : लगातारको हार बेहोरेको बिरेन्द्रनगर स्टिल टाइगरको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको आइतबार भएको खेलमा हिसाब किताब ट्राइडेन्ससंग ८ बिकेटले पराजित भएसंगै बिरेन्द्रनगरको प्ले अफ पुग्ने योजना सकिएको हो ।
पहिलो खेलमा रोयल किङसंग २५ रनले बुद्ध युनाइटेड पराजित भएको थियो । टस जितेर फिल्डिङ रोजेको बुद्धका लागि रोयलले २० ओभरमा ५ बिकेट गुमाउदै १४५ रनको योगफल तयार गर्यो ।
रोयलका लागि पावल राईले ४३ राज बस्नेतले २२ र दिपेश श्रेष्ठले १९ रनको योगदान दिए। बुद्धका सुदिप चौधारी र राजु राईले २-२ तथा आशुतोष थापाले १ बिकेट लिए ।
१४६ रनको लक्ष्य लिएर मैदान छिरेको बुद्धका राजेश दाहालले ४० राज कुमार मगरले २३ र राकेश राईले १६ रन बनाउदा अन्यले दोहोरो अंकको रन जोडन सकेन्न । बुद्धलाई रोक्न महेश कार्कीले ३ बिकेट लिए भने विश्व बस्नेतका नाममा २ बिकेट रह्यो । दिपेश श्रेष्ठ र राज बस्नेतले १-१ बिकेट लिए। खेलको म्यान अफ दि म्याच महेश कार्की घोषित भए ।
दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरले दिएको ५० रनको लक्ष्य हिसाब किताबले २ बिकेट गुमाउदै पूरा गर्यो । बिरेन्द्र नगरले १४ ओभर १ बलमा सबै बिकेट गुमाएर ४९ रन बनायो ।
बिरेन्द्रनगरका रेवत थक्सुले १५ रनरु बनाउन बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेन्न । बिरेन्द्रनगरका ४ जना ब्याटमेन शुन्यमा आउट भए । बिरेन्द्रनगरलाई सस्तैमा समेटन हिसाबकिताबका नेल्सन दंगाल र पुरुसोत्तम न्यौपानेले समान ३-३ बिकेट लिए । दिवस राजबंशीले २ बिकेट लिदा सुरज खडका र कैलाश श्रेष्ठले १-१ बिकेट लिए ।
जवाफी ब्याटिङ थालेको हिसाबकिताबले ७ ओभर३ बलमा २ बिकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।
हिसाबकिताबका संजय पक्रा र एन्जल राईले अबिजित ११ र १६ रन बनाउदा सबिन धमालाले १७ रन बनाए । बिरेन्द्रनगरका सतिस आचार्यले २ बिकेट लिए । नेल्सन दंगाल म्यान अफ दि म्याच घोषित भए ।