विराटनगर : झापाको मेचिनगरमा नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आइतबार नेकपा एमालेको क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु सामूहिक रुपमा एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेबाट झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका अग्नी खरेलले स्वागत गरेका हुन् ।
माओवादीका जिल्ला कमिटि सदस्य एकराज घिमिरे र टेकेन्द्र चापागाईसहित दर्जनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । यस्तै माओवादीका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईं, उपाध्यक्ष उत्तम सिटुङ, नगर सचिवालय सदस्य हरि दाहाल, नगर कमिटि सदस्य निखिल पोखरेल, पदमबहादुर श्रेष्ठ, पुष्पादेवी मगर, वाइसिएल जिल्ला कमिटि सदस्य रविन मेचे, वाइसिएल मेचीनगर उपाध्यक्ष निर्मला सुबेदी र मनोज गुरागाईं एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्दै माओवादीका नगर इञ्चार्ज पुष्प गुरागाईले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमालेमा प्रवेश गरेको बताए ।