विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी मोरङका नेता मनोरथ भण्डारी एमाले प्रवेश गरेका छन् । भण्डारीलाई शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका भण्डारी एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए ।
भण्डारी नेकपा एकीकृत समाजवादीका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य र उर्लाबारी नगर इन्चार्ज थिए ।