विराटनगर : मोरङको रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि डागीँहाट फुटबल क्लब बेलबारीले जितेको छ ।
रतुवामाई–६ स्थित सौँठा माविको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा आयोजक रतुवामाईलाई टाइब्रेकरमा ५–६ गोलले पराजित गर्दै डागीँहाटले उपाधि जितेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
प्रतियोगिताको विजेता बनेको डागीँहाटले नगद रु ५१ हजार र उपविजेता रतुवामाईले ३१ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगतामा मिल्स युवा क्लब विराटनगर, डागीँहाट फुटबल क्लब बेलबारी, अमरदह स्पोटिङ क्लब सुनवर्षी, राजघाट स्पोटिङ क्लब उर्लाबारी, लालीमा फुटबल क्लब गौरीगञ्ज र आयोजक रतुवामाई नगरपालिकाको सहभागीता रहेको थियो ।