Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यसपटकको विश्वकप मेरो अन्तिम हुनेछ : मेसी



एजेन्सी । लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । त्यसमा उनले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले ।

ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’ सन् २०१४ को विश्वकपमा उप(विजेतामै चित्त बुझाएका मेसीले सन् २०२१ मा आफ्नै नेतृत्वमा कोपा अमेरिका जितेका थिए । उनको सफल फुटबल खेल जीवनमा भने अहिलेसम्म विश्वकप उपाधि चुम्न सकेका छैनन् ।

मेसीले भनेका छन्, ‘म अहिले विश्वकपको प्रतीक्षामा छु । म केही आँत्तिएको पनि छु र दबाब पनि महसुस गरिरहेको छु । म विश्वकपमा खेल्न चाहन्छु । त्यसमा के हुनेछ, कस्तो हुनेछ, त्यसको पर्खाइमा समेत छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार