विराटनगर : विजयादशमी अन्र्तगत आज पहिलो दिन घरघरमा मान्यजनको हातबाट टिका र जमरा लगाउदै दशैको टिका लगाउन सुरु भएको छ ।
आज विजयादशमी देखि सुरु भएको टिका कोजाग्रत पूर्णीमासम्म लगाउने गरिन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
हिजो देखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
तस्बीरमा हेरौँ विजयादशमीको पहिलो दिन सर्वसाधरणको दशैँ :

तस्बीरहरु : सामाजिक सञ्जालबाट