विराटनगर : मोरङको जहदामा जारी जीवन विकास गोल्डकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि पशुपति स्पिोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति स्पिोर्टिङ क्लबले उपाधि जितेको हो ।
पशुपतिलाई जित दिलाउन खेलको तीन मिनेटमै हरि नारायण खवासले गोल गरे । खवासले गरेको गोलनै पशुपतिका लागि निर्णायक गोल बन्यो ।
प्रतियोगिताको विजेता बनेको पशुपतिले नगद ७५ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता बनेको रानी क्लबले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच पशुपति स्पिोर्टिङ क्लबका हरि नारायण खवास घोषित भए । यस्तै प्रतियोगिताको वेस्ट गोल किपर रानी युवा क्लबका प्रमिजय गच्छदार, वेस्ट डिफेन्डर पशुपतिका विकास खवास, वेस्ट मीड फिल्डर पशुपतिका सृजनशील खवास, वेस्ट फरवार्ड पशुपतिका राजु सरदार, वेस्ट पिलिएर कैलाश बस्नेत घोषित भए । वेस्ट कोचमा पशुपतिका जितेन्द्र कुमार साह भए ।
लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा गत असोज ८ देखि गोल्डकप सुरु भएको थियो ।