Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डाँगीहाट रतुवामाईमा जारी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा



रतुवामाई : डाँगीहाट फुटबल क्लब मोरङको रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस स्पोटिङ क्लब विराटनगरलाई ४–० गोलले पराजित गर्दै डाँगीहाट फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली आयोजक रतुवामाई र लालिमा फुटबल क्लब गौरगञ्जबिच हुनेछ ।

प्रतियोगतामा मिल्स युवा क्लब विराटनगर, डागीँहाट फुटबल क्लब बेलबारी, अमरदह स्पोटिङ क्लब सुनवर्षी, राजघाट स्पोटिङ क्लब उर्लाबारी, लालीमा फुटबल क्लब गौरीगञ्ज र आयोजक रतुवामाई नगरपालिकाको सहभागीता रहेको थियो ।

प्रतियोगिताको विजेता नगद रु ५१ हजार र उपविजेता टिमले ३१ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार