विराटनगर : नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असाेज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताएका हुन्।
बलात्कारको आरोप लागेका सन्दीपले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन्।