Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिल्स युवा क्लबलाई हराउँदै आयोजक रतुवामाई सेमिफाइनलमा



खेलको म्यान अफ द म्याच घोषित भएका सुब्बा

विराटनगर : मोरङको रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा आयोजक रतुवामाई विजयी भएको छ ।

बुधबार दिउँसो भएको दोस्रो खेलमा मिल्स युवा क्लब विराटनगरलाई ५–० गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

रतुवामाईलाई जित दिलाउन विपिन सुब्बाले ३, मोहमद शमशेर र अलि मोहमदले एक/एक गोल गरे । खेलको म्यान अफ द म्याच विपिन सुब्बा घोषित भए ।

प्रतियोगिताको तेस्रो खेल राजघाट स्पोटिङ क्लब उर्लाबारी र लालिमा फुटबल क्लब गौरगञ्जबिच बिहिबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार