Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिल्स भेट्रान्सको उपाधि दमक–लखनपुर भेट्रान्सलाई



विराटनगर : विराटनगरमा जारी मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।

सोमबार विराटनगर जुट मिलको खेल मैदानमा भएको फाइनल खेलमा विराटनगरको मर्निङ भेट्रान्स क्लबलाई दमकले टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै दमक–लखनपुरले उपाधि जित्यो ।

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो घोषित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार