Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

१३५ राष्ट्रका प्रहरीको खोजीमा सन्दीप, इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी



विराटनगर : बलात्कार आरोपमा लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध इन्टरपाेलमार्फत नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो। केही दिन अगाडि डिफ्युजन नोटि जारी भएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिएका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए–नभएको खोजी गर्नेछन्।

आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ। सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्।

आफू विरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार