विराटनगर : महिला साफ च्याम्पियनसिपमा नेपाल पाचौँ पटक फाइनलमा पराजित भएको छ । साफको छैटौं संस्करणसम्म आइपुग्दा नेपाल चार पटक फाइनल र एकपटक सेमिफाइनलमा भारतसँग पराजित भएको छ । छैटौँ संस्करणको सेमिफाइनलमा भने पाँच पटक भारतसँगको हारको बदला लिएको नेपालले फाइनलमा जित्न सकेन । यसपटक फाइनलको नयाँ प्रतिद्वन्दी बंगलादेशसँग पराजित भयो ।
सोमबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोलले हराउँदै बंगलादेशले पहिलो पटक उपाधि जित्यो । बंगलादेशले उपाधिमात्र जितेन भारतबाहेक पहिलो पटक विजेता बन्दै इतिहास पनि रचेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलको सुरुवातदेखि नै दवावमा रहेको नेपाल पहिलो हाफमा २-० गोलले पछि पर्यो । खेलको १३ औँ मिनेटमा गोल खाएको नेपालले पहिलो हाफको अन्तिम पाँच मिनेट जोगाउन नसक्दा बंगलादेशले पहिलो हाफमा २-० को अग्रता लियो ।
दोस्रो हाफको ६९ औँ मिनेटमा नेपालले गोल फर्काएपनि खेल बराबरीमा ल्याउन सकेन् । त्यसको केही मिनेटमै फेरी नेपालले गोल खायो । दोस्रो हाफको अन्तिम मिनेटसम्म पनि जितको खोजिमा रहेको नेपाल बंगलादेशसँग ३-१ ले पराजित बन्न पुग्यो ।
हारसँगै महिला साफमा पाँच पटक फाइनल खेलेको नेपालले फाइनलमा जित निकाल्न सकेको छैन् । दोस्रो पटक फाइनल प्रवेश गरेको बंगलादेशले नेपालविरुद्ध सहज जित निकाल्यो ।
छैटौँ संस्करणसम्म आइपुग्दा नेपालका लागि सधैँ तगारो बनेको भारत सेमिफाइनलबाटै बाहिँरिदा पनि नेपालले उपाधि जित्न सकेन । लगातार पाचौँ पटक विजेता बनेको भारत नेपालसँग सेमिफाइनलमा पराजित भएको थियो । साफमा पहिलो पटक भारतलाई पराजित गर्दै नेपालले सेमिफाइनलबाटै घर फर्काइदिएको थियो । भारत समूह चरणको खेलमा पनि बंगलादेशसँग पराजित भएको थियो । १२ वर्षदेखि भारतविरुद्ध जितको खोजीमा रहेका नेपाल र बंगलादेश दुवैले यस संस्करणमा भारतलाई हराउन सफल भए ।
सन् २०१० बाट सुरु भएको महिला साफको पहिलो संस्करणको फाइनलमा नेपाल र भारत पुगेका थिए । फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो पटक विजेता बनेको भारत २०१९ को पाचौँ संस्करणसम्म आइपुग्दा लगातार उपाधि जित्दै आएको थियो । २०१२, २०१४ र २०१९ को प्रतियोगितको फाइनलमा नेपाल भारतसँग पराजित भयो । नेपाल २०१६ को चौथो संस्करणमा भने भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । चौथो संसकरणको फाइनलमा भातरले बंगलादेशलाई पराजित गर्यो ।
यसरी लगातार भारतसँग पारजित भएको नेपालले छैटौँ संस्करणमा भारतविरुद्ध जित निकाल्दा नेपाली फुटबल फ्यानमा उतसाह छाएको थियो । तुलानात्करुपमा बंगलादेश नेपालभन्दा कमजोर मानिन्छ । अहिलेसम्म यी दुई राष्ट्रबिच भएका खेलको तथ्यांक हेर्दा यस्तै देखिन्छ ।
साफमा सधैँ भारतको दवदबा हुने गर्छ । समग्रमा हेर्दा अरु देशभन्दा भारतको खेल निकै राम्रो मान्न सकिन्छ । तर, छैटौँ संस्करणमा भारतको दवदबा समाप्त पारेको नेपालले भारतलाई पहिलो पटक हराउँदै इतिहास रच्न भ्यायो । तर, भारत प्रतियोगिताबाट बाहिँरिदा पनि नेपालले उपाधि जित्न सकेन । बंगलादेशसँग पराजित हुँदै नेपाल अनलक्की सवित भयो ।