विराटनगर : काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको पहिलो हाफ सकिदा बंगलादेशसँग नेपाल २-० गोलले पछि परेको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा जारी फाइनल खेलको पहिलो हाफमा बंगलादेशले अग्रता बनाएको हो ।
खेलको १३ औँ मिनेटमा शाम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको ४१ औँ मिनेटमा श्रीमती कृष्ण सरकारको गोलमा बंगलादेशले दोब्बर अग्रता बनाएको छ ।