Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाललाई हराउँदै भारत बन्यो यू–१७ साफ च्याम्पियन



विराटनगर : नेपालसँग समूह चरणको हारको बदला लिँदै भातरले यू–१७ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । बुधबार राती भएको फाइनल खेलमा नेपालविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै भारतले उपाधि जितेको हो ।

श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स रंगशालामा भएको खेलमा ४–० गोलले हार व्यहोर्दै नेपाल उपविजेतामा सिमित भयो ।

समूह चरणको खेलमा भारतलाई ३–० ले पराजित गरेको नेपालले प्रतियोगितमा आफ्नो अपराजित यात्रा कायम गर्न सकेन् ।

खेलको १८ औँ मिनेटमा बोबी सिँहले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा केराउ सिँहको गोलमा भारतले दोब्बर अग्रता बनायो । खेलको ३९ औँ मिनेटमा नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । १० खेलाडीमा सिमित रहेको नेपाल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

दोस्रो हाफको ६३ औँ मिनेटमा भारतका कप्तान भान्लाल्पेका गुइटेले गोल गर्दै भारतले ३० को अग्रता लिएको थियो । सुरुवाती समयदेखि नै कमजोर देखिएको नेपालले अतिरिक्त समयमा रक्षा गर्न नसक्दा ४–० ले पराजित भयो । भारतका लागि अतिरिक्त समयमा अमन सिंहले गोल गरे ।

समूह चरणको खेलमा नेपालसँग ३–१ गोलले पराजित भएको भारत पहिलो सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अर्को सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार