ओखलढुंगा । आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा चुनावका लागि नेपाली कांग्रेस ओखलढुंगाले शनिबार उम्मेदवार सिफारिस गरेको छ ।
जसमा प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फ कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारसहित केन्द्रीय सदस्य रामहरि खतिवडा, महाधिवेशन प्रतिनिधि खीलानाथ दाहाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालको नाम छ ।
ओखलढुंगा कांग्रेसमा २ पटक सभापति भएका र लामो समय राजनीति गरेका सुनुवारको नाम पहिलो नम्बरमै सिफारिस भएको छ ।
२०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार हुन् । जिल्लामै बसेर संघर्ष गर्ने नेतामा पर्छन् उनी ।