Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इरानमा बाढीमा ८० जनाभन्दा बढीको मृत्यु


  • Purbeli Press
  • शनिबार, साउन २१ २०७९

इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ।

देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो।  इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताएका छन्।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ। इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्।

बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार