विराटनगर : प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट बहुमतले पारित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा प्रस्तुत गरेको ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट आइतबार बसेको संसद् बैठकबाट बहुमतले पारित भएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।