Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर भित्रियो यामाहाको नयाँ बाइक एफ जेड एक्स १५०



विराटनगर । यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले बिराटनगरमा बिक्री बितरण सुरु गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एम ए डब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
विराटनगर, स्थित अधिकारिक शोरुममा सोमबार पत्रकार सम्मेलन गरी लञ्च गरिएको एफ जेड एक्स १५० कम्पनीका अनुसार यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।
नेपालको बिराटनगर स्थित आधिकारिक बिक्रेता तिरुपति अटो प्यालेसले यहि सोमबार नेपाल उधोग वाणिज्य महासँघ केन्द्र्य सदस्य, नेपाल उधोग वाणिज्य महासँघ प्रदेश १ को बरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ का मननिय मुख्यमन्त्रीका अर्थिक सल्लाहकार राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा उक्त बाइक सार्वजनिक गरेको हो।
‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ ।
“महा एक्सचेञ्ज मेला” मा नेपाली सिनेकर्मी बहुचर्चित कलाकार अनमोल केसीले टेस्ट राइड गरी मन पराइएको यस अल न्यू एफ जेड एक्स १५०, फ्युल इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयरकूल्ड, १५० सी सी ब्लू कोर इन्जिन र ५ स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।
यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू(लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटी जस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् । साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् । नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

शो रुमको शौचालय अब सार्वजननिक बौचालयका रुपमा प्रयोग गर्न दिने  
तिरुपति अटो प्यालेसले आफ्नो निजी शौचालयलाई सर्वसाधारण, बटुवाहरुको लागि पनि खुल्ला गरिएको घोषणा गरेको छ । ।

प्रतिक्रिया
सम्बन्धित समाचार