Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आमिर खानको ‘लालसिंह चड्डा’को ट्रेलर सार्वजनिक



विराटनगर । बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’को ट्रेलर सार्वजनिक भएको छ। आमिर, करिना कपुर मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो।यो फिल्म अमेरिकी चर्चित फिल्म ‘फोरेस्ट गम्प’को आधिकारिक रिमेक हो। फिल्मको कथासारलाई लिएर हिन्दीकरण गर्दै प्रस्तुत गरिएको भान ट्रेलरमै पनि हुन्छ।

फिल्ममा एक साधारण मान्छेको संघर्षको कथा देखाइएको छ, जसमाथि असामान्य भएको भन्दै समाजले टिप्पणी गरिरहेका हुन्छन्। उसको जीवनका उतारचढावको कथा फिल्मले भनेको छ।

फिल्मको पटकथालाई अतुल कुल्कर्नीले लेखेका छन् भने फिल्मको निर्देशन अद्भैत चन्दनले गरेका छन्। फिल्ममा आमिर र करिनासँगै मोना सिंह, नागा चैतन्य, नेगर खानको अभिनयन छ। अभिनेता शाहरुख खान पनि फिल्ममा क्यामियो रोलमा देखिएका छन्। फिल्म अगस्ट ११ मा प्रदर्शन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार