Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध



काठमाडौं । सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

प्रकाशित सुचनानुसार सरकारले आगामी असार मसान्तसम्मका लागि कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादनहरु, रंगीन टेलिभिजन, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, खेलौनाहरु, तास आयातमा रोक लगाएको छ । साथै, मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ आयातमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार