Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा नमिता न्यौपानेले उपप्रमुखमा दिइन स्वतन्त्र उम्मेदवारी



विराटनगर ।  माओवादी केन्द्र विराटनगरकी सचिवसमेत रहेकी नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन ।विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला मेयरको उम्मेदवार बनेका छन् भने जसपाका अरमेन्द्र यादव उपमेयरको उम्मेदवार बनेका छन् । कांग्रेसले गठबन्धनमा रहेका दललाई वास्ता नगरेको भन्दै नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्र का नेताहरू रुष्ट बनेका छन् ।
यस्तै विराटनगर महानगरपालिकामा अझै मनोनयन दर्ता गर्ने प्रक्रिया सकिएको छैन । मुख्य निर्वाचन अधिकृतको  कार्यालयमा अझै २ सय जना जति लाइनमा रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार