विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट विराटनगरको मेयरका लागि सिफारिस गरिएको नामावली सचिव केसीलाई बुझाएका हुन् ।
महानगरको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ ।