Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेबाट विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस



विराटनगर ।  नेकपा एमालेले विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ।  एमाले विरटनगर कमिटीले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस  गरेको हो ।
शनिबार बसेको एमाले विराटनगर महानगर कमिटीको बैठकले केन्द्रलाई सो नाम सिफारिस गरेको हो।  विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम समेत चर्चा रहेपनि उनको नाम सिफारिस नभएको एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार